५ आश्विन २०८१, शनिबार  |  21 September 2024,Saturday
Ad

सङ्घीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरणको मर्मत राष्ट्रिय आविष्कार केन्द्रले गर्ने

सङ्घीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रले पाएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा बुधवार मन्त्रालय र केन्द्रबिच सहमति पत्रमा भएको हस्ताक्षर संगै आविष्कार केन्द्रले अव सङ्घीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरणको मर्मत गर्ने छ ।

अस्पतालहरुमा खेर गइरहेका उपकरण मर्मत गर्नका लागि सघाउन मन्त्री पौडेलले पुनलाई गरेको आग्रह बमोजिम अस्पतालहरुका उपकरण ममर्त गर्न आविष्कार केन्द्र राजी भएको हो ।

मन्त्रालयको तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

त्यस अवसरमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले अस्पतालमा मर्मत अभावमा उपयोगमा आउन नसकेका उपकरणलाई केन्द्रको सहयोगमा मर्मतपछि उपचार सेवामा सहजता आउनेमा आफु विश्वस्त रहेको बताए ।

यस अघि कोभिड -१९ को समयमा पनि आविष्कार केन्द्रले विभिन्न अस्पतालहरुमा विग्रिएका भेन्टिलेटरहरु मर्मत गरेर सहयोग गरेका थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*