६ आश्विन २०८१, आईतवार  |  22 September 2024,Sunday
Ad

मधेस प्रदेशका ८ जना राज्यमन्त्री बर्खास्त

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार सबै राज्यमन्त्रीलाई हटाएका छन् । मुख्यमन्त्रीसहित १२ मन्त्रालय रहेको प्रदेशमा उनले आठ राज्यमन्त्री थपेपछि आलोचना भएको थियो । आलोचनापछि मुख्यमन्त्रीको जनमत पार्टीले उनलाई स्पष्टीकरण समेत सोधेको थियो ।

सहयात्री दलका नेतासँग समेत छलफल नगरी भागबन्डा बढाएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले त्यति बेलै विरोध गरेको प्रमुख सचेतक रानी शर्माले बताइन् । उनले मुख्यमन्त्रीजस्तो पदमा पुगेको व्यक्तिमा परिपक्वता नदेखिएको टिप्पणी गरिन् ।

भौतिक पूर्वाधार राज्यमन्त्री मोहम्मद जैद आलम, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केशव राय, वन तथा वातावरण राज्यमन्त्री रन्जुकुमारी मण्डल खड्ग, शिक्षा तथा संस्कृति राज्यमन्त्री रामबाबु यादव, उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री शम्भुकुमार साह, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रेखा ठाकुर र ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्री निलमकुमारी रजकलाई पदबाट हटाइएको हो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*