७ आश्विन २०८१, सोमबार  |  23 September 2024,Monday
Ad

बंगलादेशको आन्दोलन थप हिंसात्मक बन्दै, एकैदिन मारिए ९१ जना, प्रधानमन्त्रीको राजीनामा नयाँ शर्त


काठमाडौं । बंगलादेशमा आरक्षणविरुद्ध जारी प्रदर्शनका क्रममा आइतबार भएको हिंसामा कम्तीमा ९१ जनाको मृत्यु भएको छ । विद्यार्थीले आह्वान गरेको ‘आन्दोलनका क्रममा राजधानी ढाकासहित देशका धेरै ठाउँमा हिंसात्मक घटना भएका हुन् । बीबीसीका अनुसार सबैभन्दा बढी सिराजगन्जमा कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । जसमा १३ जना प्रहरी पनि छन् । आइतबार साँझसम्म सरकारी समर्थक र सुरक्षाकर्मीबीच धेरै ठाउँमा झडप भएका थिए ।

शुरूमा यी आन्दोलनहरू आरक्षणका लागि थिए, तर अहिले त्यसले सरकार विरोधी आन्दोलनको रूप लिएको छ । प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै विद्यार्थी नेताहरूले आन्दोलनको घोषणा गरेका छन् । आन्दोलनरत विद्यार्थीको समूहले नागरिकलाई कर वा अन्य बिल नतिर्न अपिल गरेका छन् । विद्यार्थीले सबै कलकारखाना र सार्वजनिक यातायात बन्द गर्न पनि आह्वान गरेका छन् । आन्दोलनकारीहरूले अहिले सरकार परिवर्तनको माग गरिरहेका छन् ।

ढाकामा कर्फ्यू लगाइएको छ । तर, प्रदर्शनकारीहरू ढाकामा भेला भइरहेका छन् । कर्फ्यूको बीचमा हिंसात्मक झडपको सम्भावना बढेको छ । यसैबीच सरकारले तीन दिन सरकारी बिदा दिएको छ । सार्वजनिक प्रशासन मन्त्रालयका एक अधिकारी अब्दुल्लाह शिबली सादिकले सरकारी बिदा घोषणा गरिएको बताए ।

यसका साथै अनिश्चितकालीन कर्फ्यु लगाइएको छ । आइतबार साँझदेखि अर्को सूचना नभएसम्मका लागि सबै डिभिजन सहर, नगरपालिका, नगरपालिका, औद्योगिक क्षेत्र, जिल्ला सदरमुकाम र उपजिल्ला सदरमुकाममा कर्फ्यू जारी रहने गृह मन्त्रालयको सूचनामा उल्लेख छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*