२० मंसिर २०८१, बिहीबार  |  5 December 2024,Thursday
Ad

सद्भाव भड्किँदा कसैको हितमा हुन्न : देउवा

सुनसरीको धरान क्षेत्रमा पछिल्लो समय बिग्रिएको सामाजिक, धार्मिक, राजनीतिक सद्भावबारे चिन्दा व्यक्त गर्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सबैलाई शान्त रहन अपिल गरेको छन् ।

सभापति देउवाले शनिबार साँझ विज्ञप्तिमार्फत धार्मिक, सामाजिक सद्भाव भड्काउने गतिविधि कोही कसैले नगर्न र यसले कसैको हितमा नहुने उल्लेख गरेका हुन् ।

पार्टीको लेटरप्याडमा जारी गरिएको विज्ञप्तिमा आपसी मनमुटावबाट उत्पन्न हुने धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य अदृश्य शक्तितर्फ इंगित गर्दै यस्ता क्रियाकलापले आमजनसमुदायलाई घाटा र ती शक्तिलाई फाइदा हुने भनिएको छ ।

सभापति देउवाले विज्ञप्तिमार्फत भनेका छन्, ‘यसले निम्त्याउन सक्ने परिस्थिति बेलैमा अनुमान गरी हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनुका लागि सबैमा आग्रह गर्दछु ।’

नेपालको अवस्था सम्झाउँदै, परापूर्व कालदेखि विभिन्न जातजाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेका छन् ।

यसमा कानुनले पनि एक अर्काको धर्म संस्कृति र आस्थामा चोट नपुर्याकई धार्मिक साँस्कृतिक स्वतन्त्रता दिएको हुँदा यसबाट कोही पनि विचलित नहुन उनले आग्रह गरेका छन् ।

धरान क्षेत्रमा पछिल्लो समय देखिएको संवेदनशीलतालाई विचार गरेर राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघसंस्था एवं समाजका अग्रज व्यक्तिहरु सद्भाव कायम राख्न एकजुट हुन विज्ञप्तिमा आह्वान गरिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*