२० मंसिर २०८१, बिहीबार  |  5 December 2024,Thursday
Ad

कक्षा १२ मा ५१ प्रतिशत उत्तीर्ण : झण्डै ७ हजारले ल्याए ३.६१ माथि

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज प्रकाशित गरेको छ । यसपटकको परीक्षामा झण्डै ५१ प्रतिशत विद्यार्थी पास भएका छन् । गत वर्ष यो नतिजा ४९ प्रतिशतमा सीमित थियो ।

परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजाअनुसार ६ हजार ९ सय ७६ जनाले ३.६१ देखि ४ जीपीएसम्म ल्याएका छन् । यो भनेको ए प्लस हो । यो नतिजा पनि अघिल्लो वर्षभन्दा ०.७२ प्रतिशतले बढी हो ।

यसैगरी ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ३८ हजार ९ सय ९९ रहेको छ। यो भनेको ए ल्याउनेको संख्या हो ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार दुई विषयसम्म नन ग्रेड ल्याएका १ लाख २३ हजार ३९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । एक विषयमा मात्र एनजी आउनेको संख्या भने ७९ हजार ५८४ जना रहेको छ ।

कक्षा १२ मा सबैभन्दा धेरै अंग्रेजीमा ननग्रेड आएको छ । यो विषयमा १ लाख ९ हजार ५२७ जनाले ननग्रेड ल्याए । परीक्षाफलमा सबै विषयमा ३५ प्रतिशत अंक ल्याएमात्र ग्रेडेड वा उत्तीर्ण हुने व्यवस्था गरिएको छ ।

नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय ५ सय रुपैयाँ तिरेर नतिजा पुनर्योग गराउन सक्ने बोर्डले जनाएको छ । ननग्रेड ल्याउने विद्यार्थीका लागि असोज ६ र ७ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने कार्यक्रम पनि बोर्डले सार्वजनिक गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*