२० मंसिर २०८१, बिहीबार  |  5 December 2024,Thursday
Ad

सिनामंगलमा बरामद १०० किलो सुन कस्को ?

हिजो साँझ काठमाडौंको सिनामंगलमा बरामद झन्डै १०० किलो सुनको साहू पहिचान हुन सकेको छैन । व्यापारी दीपक मलहोत्राको भनिए पनि वास्तविक साहू अझै थाहा नभएको प्रहरी स्रोतको भनाइ छ ।

अत्याधुनिक प्रविधियुक्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय जाँचपास भएर निस्किएको एक क्वीन्टल जति सुन सिनामंगल पुगेर बरामद भएको ।

रातको समयमा सुराकीको सूचनाका आधारमा बुधबार राति राजश्व अनुसन्धान विभागले उक्त परिणामको सुन बरामद भएको विभाग स्रोतले जनाएको छ । नेपालमा बरामद भएको सुनको परिणाममा अहिलेसम्मकै धेरै भएको बताइउको छ ।

सो सुन बोकेर क्याथे फ्यासिफिकको उडान मंगलबार काठमाडौं ओर्लेको हो । खासगरी स्कुटरको ब्रेक शु भनेर ल्याइएको सामान सुनले भरिएको थियो । भन्सार कार्यालयले बुधबार सबै जाँचपास गरेर स्कुटरको ब्रेक शु नै प्रमाणित गरेर दिउँसो २ बजेतिर भन्सार कटेको थियो । यो कुरा राजश्व अनुसन्धान विभागलाई दिउँसो कुनै सुराकीले सुनाइदिएको हो । त्यसपछि विभागले गरेको अपरेशनमा त्यति ठूलो परिमाणको पहेँलो धातु बरामद भएको थियो ।

आज बिहीबार बिहानसम्म बरामद सुनको वास्तविक तौल लिइसकेको छैन । ब्रेक सु देख्दा आल्मुनियमले भरिएको हुन्छ । बरामद धातु पनि सबै आल्मुनियमजस्तै छ । तर त्यसभित्र पूरै सुन रहेको स्रोतले बतायो । सो सुन हङकङबाट काठमाडौं ल्याई भारततर्फ लैजान लागिएको आशंका पनि गरिएको छ ।

अत्याधुनिक प्रविधियुक्त त्रिभुवन विमानस्तर भन्सारले जाँचपास गरेर पठाएको सामान सिनामंगलमा बरामद हुनुमा भन्सार विभाग र विमानस्थल भन्सार कार्यालय भने अनौठो मान्छन् । सञ्चारमाध्यममा विभागका महानिर्देशक शोभाकान्त पौडेलले दिएको प्रतिक्रियामा भन्सारबाट कटेको सुन समातिएकोबारे आफूलाई जानकारी नै नभएको बताएका छन् ।

तर सो सुन जाँचपड्तालको कुनै कमजोरी नभएर सेटिङमा भएको हो । सामान्य नागरिकले घरखर्च ल्याएको समेत थाहा पाउने कर्मचारीले १०० किलो सुन थाहा नपाउने कुरै भएन, नेपाल सरकारका एक वरिष्ठ कर्मचारी भन्छन्, ‘सबै कुरा यस्तै सेटिङमा चल्छ । ठूलो मान्छेको सेटिङ भएकोले भन्सारले थाहा पाएन ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*