१६ कार्तिक २०८१, शुक्रबार  |  1 November 2024,Friday
Ad

मुख्य सचिवमा वैकुण्ठ अर्याल नियुक्त, वैरागीलाई सुरक्षा सल्लाहकार


सरकारले मुख्य सचिवमा वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ ।

आजको मन्त्रिपरिषद्को बैठकमा अर्याल मुख्य सचिवका रूपमै बसेका थिए ।

३ महिनापछि अवकाश पाउन लागेका हालका मुख्य सचिव शंकरदास वैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको स्रोतले बतायो । वैरागीको कार्यकाल आगामी असोज मसान्तसम्म छ ।

अर्याल यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव थिए ।

हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल लामो समय अर्थमन्त्रालयमा विताएका छन्। उनले सञ्चारसचिवका रुपमा पनि जिम्मेवारी सम्हालिसकेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*