१८ मंसिर २०८१, मंगलवार  |  3 December 2024,Tuesday
Ad

नवनियुक्त परराष्ट्र मन्त्री साउदले शपथ लिए

नवनियुक्त परराष्ट्र मन्त्री एनपी साउदले पद तथा गोपनियताको शपथ लिएका छन् ।
साउदलाई राष्ट्रपति रामचन्द्र पौडेलले आईतबार हपराहन्न शितलनिवासमा सपथ खुवाएका हुन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका साउद यस अघि मन्त्री भई कार्य गरिसकेको अनुभव छ ।
सत्ता गठबन्धनमा ८ मन्त्रालय पाएको नेपाली काँग्रेसले साउद सहित ५ जना मन्त्री सरकारमा पठाएको छ ।
काँग्रेसबाट यस अघि सरकारमा उपप्रधान सहित रक्षामा पूर्ण बहादुर खड्का, अर्थमा डा. प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपुर्तिका रमेश रिजाल र सहरी विकासमा सीता गुरुङ मन्त्री बनिसकेका छन् ।
सपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री पुष्पकलम दाहाल, सभामुख देवराज घिमिरे, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना लगायतको उपश्थित भएका थिए ।

यसै बिच नेकपा एकिकृत समाजबादीकी नन्दा चाँपाईले पनि भौतिक पूर्वाधार राज्यमन्त्रीको सपथ लिएकी छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहालले पद तथा गोपनियताको सपथ खुवाएका हुन् । राष्ट्रिय सभा सदस्य रहेकी चपाईंले उनकै पार्टीको मन्त्री रहेका प्रकाश ज्वालाले नेतृत्व गरेको भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*