२० मंसिर २०८१, बिहीबार  |  5 December 2024,Thursday
Ad

काँग्रेसद्वारा गरिएकोअनुशान कारबाही फुकुवा, बारामा जसपाका यादवलाई समर्थन गर्ने


पार्टीको अनुशासन कारबाहीमा परेका नेपाली काँग्रेसका केहि नेताहरुको कारबाही फुकुवा हुने भएको छ ।
सानेपामा बसेको काँग्रेस केन्दीय कार्यसम्पादन समितिको आजको बैठकले पूर्वमन्त्री गोविन्द राज जोशी र चितवनका विकास कोईरालाको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो ।
तनहुँका पूर्वमन्त्री जोशीले गएको निर्वाचनमा रामचन्द्र पौडेलविरुद्ध बागी उमेदवार दिएको र विकास कोईरालाले २०७० सालमा पार्टीका केन्द्रीय सभापति सुशील कोईराला विरुद्ध चितवन ४ बाट स्वतन्त्र उम्मेदवारी दिए पछि पार्टीको अनुशासन समितिले उनिहरुलाई कारवाही गरेको थियो ।
अनुशासन कारबाही फुकुवा भएको नेताहरुको पुरानै सदस्यता निरन्तरता हुनेगरी फुकुवा भएको काँग्रेसले जनाएको छ ।
यसै बिच नेपाली काँग्रेसले बारा क्षेत्र न.२ मा हुन गइरहेको उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति शेरबहादुर देउवाले जसपाका उपेन्द्र यादवलाई उपनिर्वाचनमा सघाउन राखेको प्रस्ताव पारित भएको पार्टीका सहमहामन्त्री जिवन परियारले जानकारी दिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*