माओवादी धारका ८ पार्टीको आजको बैठकले शान्ति सम्झौता विपरीतका गतिविधिलाई प्रतिवाद गरेर अगाडी बढ्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने कुनै पनि कृयाकलापको प्रतिवाद गरेर अगाडि बढ्ने निर्णय गरेका हो ।
पछिल्लो समय प्रधानमन्त्री प्रचण्डविरुद्ध द्वन्द्वकालीन घटनाको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश पछि बसेको यो बैठकले विस्तृत शान्ति सम्झौताका विरोधीहरु मुलुक आएको शान्ति प्रकृया मन नपरेको टिप्पनी गरेको छ ।
बैठकमा नेताहरुले माओबादीबाट टुक्रिएका पार्टीलाई एक बनाएर अगाडि बढ्ने बारेमा छलफल गरेका छन् । एकता गर्ने प्रकृया हाल संम्भब नभए कार्यगत एकता गर्ने बारेमा पनि छलफल भएको बैठकमा सहभागि एक नेताले बताए ।
बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादीका खड्कबहादुर विश्वकर्मा, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, माओवादी कम्यूनिष्ट पार्टी नेपालका नारायण प्रसाद धिमाल लगायतका नेता उपश्थित रहेका थिए ।
न्यूज समय
२३ फाल्गुन, २०७९, मंगलबार ००:००