२० मंसिर २०८१, बिहीबार  |  5 December 2024,Thursday
Ad

आज माओवादीले ससस्त्र युद्ध थालेको दिन, सरकारले दियो पहिलो पटक सार्वजानिक विदा


तत्कालिन नेकपा माओवादीले २०५२ सालमा आजकै दिनबाट ससस्त्र युद्धको सुरुवात गरेको थियो । माओवादीले आजको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउदै आएको छ ।

शान्ति प्रक्रियापछि माओवादीले तेस्रो पटक सरकारको नेतृत्व गरेपनि आज पहिलो पटक सरकारले नै जनयुद्ध दिवस मनाउन लागेको हो ।

जनयुद्धको २८औं वार्षिकोत्सवका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । माओवादीले २०५२ फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो ।

युद्धका क्रममा राज्य र माओवादी पक्षबाट हजारौंको मृत्यु र घाइते भए । केही अझै बेपत्ता छन् । वि सं २०५२ फागुन १ गतेदेखि सुरू भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*