२० मंसिर २०८१, बिहीबार  |  5 December 2024,Thursday
Ad

उपप्रधान सहित १२ मन्त्री र ३ राज्यमन्त्रीले शपथ लिए

नव नियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा उपप्रधान मन्त्री सहित १२ मन्त्री र ३ राज्य मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार (आज) शपथग्रहण गराएकी हुन् ।
शपथ लिनेहरुमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान सहित उर्जा तथा जलस्रोत मन्त्रीको शपथ खाएका छन् । त्यस्तै राप्रपाबाटै बिक्रम पाण्डे सहरी विकास मन्त्री, ध्रुवबहादुर प्रधान कानुन मन्त्रीमा नियुक्त भएका छन् भने दीपक सिंह उर्जा राज्य मन्त्री बनेका छन् ।
नेकपा एमालेबाट पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री, डा. विमला राई पौडेल परराष्ट्रमन्त्री, तथा हरि उप्रेति र भगवती चौधरीले पनि मन्त्रीको शपत खाएका छन् ।
त्यस्तै माओवादी केन्द्रबाट सूचना संचार तथा प्रविधि मन्त्रीमा रेखा शर्मा, अमनलाल मोदि संघीयमामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएका छन् । त्यस्तै सुदन किराँती प्रयटन तथा नागरिक उड्डयन, शुसिला सिर्पाली भौतिक पूर्वाधार राज्य मन्त्रीमा नियुक्त भएकी छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्रपार्टीबाट डोल प्रसाद अर्याल श्रम र शिशिर खनाल शिक्षा मन्त्री नियुक्त भएका छन् । भने तोसिमा कार्कीलाई स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रीमा नियुक्त गरिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*