प्रदेश १ को मुख्यमन्त्रीमा कार्की नियुक्त

न्यूज समय

नेकपा एमालेका नेता हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
उनलाई प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधान २०७२ को धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
कार्कीलाई सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, जनता समाजवादी पार्टीको १ जना संसदले समर्थन गरेका छन् ।
९३ सदस्य रहेको प्रदेश १ मा नेकपा एमालेको मात्रै ४० र अन्य तिन दलका २० गरी कुल ६० संसद कार्कीको पक्षमा भएपछि उनि मुख्यमन्त्री बन्न सफल भएका हुन् ।
कार्की झापा क्षेत्र न. ५ (१) बाट प्रदेशसभा सदस्यमा यो दोस्रो पटक निर्वाचित भएका थिए ।