काँग्रेस संसदीय दलको नेतामा देउवा विजयी, पुनः प्रधानमन्त्री बन्ने बाटो खुल्यो
- ६ पुष, २०७९, बुधबार ०८:०१
- मुख्य समाचार
- न्यूज समय
नेपाली काँग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा चुनिएका छन् ।
बुधबार (आज) भएको मतदानमा प्रतिशप्रर्धी महामन्त्री गगन कुमार थापालाई ३९ मतले पछि पार्दै देउवा दलको नेतामा चुनिएका हुन् ।
गगन कुमार थापाले २५ मत ल्याउँदा देउवाले ६४ मत प्राप्त गरेका थिए ।
गएको मंसिर ४ मा सम्पन्न निर्वाचनबाट निर्वाचित ८९ जना सांसदले संसदीय दलको नेता छान्न मतदान गरेका थिए ।
देउवालाई बरिष्ठ नेता रामचन्द्र पौडेल प्रस्तावक र उपसभापति पूर्णबहादुर खड्का समर्थक बनेका थिए ।
त्यस्तै गगन कुमार थापाको प्रस्तवकमा डा. शेखर कोईराला र समर्थकमा धनराज गुरुङ, विश्व प्रकाश शर्मा र प्रदिप पौडेल रहेका थिए ।
यो संगै शेरबहादुर देउवा पुनः प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । यघि नेपालको पाँचौं पटक प्रधानमन्त्री भइसकेका देउवा छैठौं पटक प्रधानमन्त्री बन्ने संम्भावना प्रवल रहेको छ ।
देउवा ४९ बर्षको उमेरमा पहिलो पटक नेपालको प्रधानमन्त्री बनेका थिए ।