नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अहिलेकै गठबन्धनको सरकार बन्ने बताएका छन् ।
आबश्यक परे मओवादीले नै सरकारको नेतृत्व लिने अवस्था आउन सक्ने भन्दै प्रचण्डले त्यसकालागि गठबन्धनमा छलफल भइरहेको पनि बताए ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाको एक विद्यालयको कार्यक्रममा बुधबार बोल्दै उनले काँग्रेसको संसदीय दलको नेता चुनिए पछि सरकार वठनको विषयले तिब्रता पाउने बताएका छन् ।
बर्तमान अवस्थामा नेकपा माओबादी गठबन्धन सरकारको नेतृत्व लिन तयार हुनुपर्ने भन्दै प्रचण्डले गठबन्धनले आबश्यक ठाने आफु र आफ्नो पार्टी सरकारको नेतृत्व लियर समृद्ध नेपाल निर्माणमा अगाडि बढ्ने बताए ।
न्यूज समय
२८ मंसिर, २०७९, बुधबार ००:००