सूचना तथा संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले महाअभियोगमा निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोगको प्रस्तावमाथि आगामी प्रतिनिधिसभामा छलफलहुने बताएका छन् ।
बुधबार मन्त्रीपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री कार्कीले जबरा विरुद्धको महाअभियोग प्रस्ताव अझै जीवितै रहेकोले आगामी प्रतिनिधिसभामा छलफलहुने बताएका हुन् ।
संसद् सचिवालयका महासचिवले जबरालाई महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र दिइसकेको अवस्थामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको समेत जिम्मेवारीमा रहेका मन्त्री कार्कीले प्रतिनिधिसभामा निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्तावमाथि छलफल भएर त्यो छलफलको प्रतिवेदन पेश भएको बताए ।
साथै उनले महाभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति रहेकोले यसको छलफल आउने प्रतिनिधिसभामा छलफल भएरै यो बिषयलाई निर्णयमा पुगाईने बताए ।
न्यूज समय
२१ मंसिर, २०७९, बुधबार ००:००