जानकी मन्दिर प्राङ्गणमा २६ जोडिले सामुहिक विवाह गरे

न्यूज समय

जानकी मन्दिर प्राङ्गणमा २६ जोडि युवा युवतीले सामुहिक विवाह गरेका छन् ।
विवह पञ्चमीको अवसरमा मन्दिर प्राङ्गणमा २६ जोडिले विवाह गरेको विश्व हिन्दु परिषद नेपालले जनाएको छ ।
परिषद् नेपालले विगत चार वर्ष देखि विवाह पञ्चमीको अवसरमा जानकी मन्दिरमा सामूहिक विवाह कार्यक्रमको आयोजना गर्दै आएको छ ।
विवाहपञ्चमीको अवसर पारेर माता सिता र भगवान रामको प्रतीकात्मक विवाह भएको मण्डप जानकी मन्दिर प्राङ्गणमा सामुहिक विवाह हुने गरेको छ ।
जनकपुरधामलाई विश्वकै उत्कृष्ट वैवाहिक गन्तब्यको रुपमा चिनाउन, पर्यटन प्रवर्धन गर्न, दहेज उन्मूलनसहितको समाज निर्माण गर्न सघाउने उदेश्यले सामूहिक विवाहको अवधारण ल्याइएको आयोजकको भनाई छ ।
विश्व हिन्दु परिषद नेपालका महासचिव जितेन्द्र कुमारका अनुसार जनकपुर क्षेत्रका स्थानीयबाट सहयोग स्वरुप सङ्कलन गरिएका मिथिलाको विवाहमा बेहुलीलाई उपहार स्वरुप दिइने मङ्गलसूत्र, एकसरो लत्ताकपडासहितको व्यवस्थापन आयोजकले नै गर्ने गरेको छ ।
गत वर्ष पनि २२ जोडिले मन्दिर प्राङ्गणमा सामुहिक विवाह थिए ।