नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले परिवर्तनलाई संस्थागत गर्न आर्थिक क्रान्ति आवश्यक रहेको बताएका छन् ।
गोर्खामा आयोजित चुनाबी सभालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले अबको आफ्नो जिवन आर्थिक समृद्धिमा समर्पित गर्दै राजनीतिक परिवर्तनलाई संस्थागत गर्नका लागि पनि अब आर्थिक क्रान्तिको सुरुआत गर्न जरुरी रहेको बताएका हुन् ।
सिंगो मुलुकको विकास र आर्थिक क्रान्तिको सुरुवात अव गोर्खाबाट सुरु गर्ने भन्दै प्रचण्डले विस्तृत शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता मध्येको आफू पनि एक भएको बताए ।
विचार र आस्थाका आधारमा कसैलाई पनि विभेद हुन नहुने र हुन पनि नदिने भन्दै शान्ति प्रक्रियाका बाँकी काम पनि गोर्खाको भूमिबाट पूरा गर्ने प्रतिवद्धता समेत जनाए ।
प्रचण्ड गोर्खा क्षेत्र न. २ बाट प्रतिनिधिसभा सदस्यका उमदवार बनेका छन् ।
न्यूज समय
२५ कार्तिक, २०७९, शुक्रबार ००:००