२० मंसिर २०८१, बिहीबार  |  5 December 2024,Thursday
Ad

गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री आचार्य बर्खास्ती परे


गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य बर्खास्तीमा परेका छन् ।
आउँदो मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा एमालेको पक्षमा लागेको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आचार्यलाई बर्खास्त गरेका हुन् ।
मन्त्री आचार्यलाई हटाउन मुख्यमन्त्रीले गरेको सिफारिस प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट स्वीकृत भइसकेको गण्डकी प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।
तर हटाईएका मन्त्री आर्चायले भने आफुलाई किन हटाईएको भन्ने बारे कुनै थाहा नभएको प्रतिकृया दिएका छन् । आचार्यले एमालेको प्रचार नगरेको भन्दै आफु राजनीतिक रुपमा स्वतन्त्र रहेको पनि बताएका छन् ।
आचार्य गएको निर्वाचनमा गोर्खाबाट बाबुराम भटराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबाट प्रदेशसभामा विजयी भएका थिए ।
२०७८ जेठ २९ मा बिनाविभागीय मन्त्रीमा नियुक्त भएका उनलाई असार ११ मा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिईएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*