१९ मंसिर २०८१, बुधबार  |  4 December 2024,Wednesday
Ad

राप्रपाको घोषणा पत्र अभिभावकीय राजसंस्था र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न निर्वाचनकालागि आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ ।
काठमाडौंमा सोमवार सार्वजनिक गरेको घोषणा पत्रमा राजसंस्थालाई अभिभावकीय संस्थाका रुपमा राख्दै प्रत्यक्ष कार्यकारीको रुपमा प्रधानमन्त्री हुने गरी आफ्नो एजेण्डा अगाडी सोरेको छ ।
जनताबाट प्रत्यक्षनिर्वाचित प्रधानमन्त्री हुनुपर्ने एजेण्डालाई अगाडी सारेको राप्रपाले प्रदेश संरचनालाई खारेज गरेर केन्द्र र स्थानीय तहलाई बलियो बनाउने गरी दुई तहको शासकीय स्वरुपलाई अगाडी सारेको हो ।
तर संसद भने पूर्ण समानुपातिक माध्यमबाट ल्याइनु पर्ने प्रस्ताव राप्रपाले घोषणा पत्रबाट सार्वजनिक गरेको छ ।
घोषणा पत्रमा एक व्यक्तिले दुई कार्यकाल भन्दा धेरै पटक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री जस्ता कार्यकारी पदमा बस्न नपाउने पनि उल्लेख छ ।
२०४६ सालपछि मौलाएको भ्रष्टाचारलाई मध्यनजर गर्दै चच्चस्तरीय नागरिक आयोग गठन गरी उच्च पदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानविन गरी अवैध सम्पत्ति जफत गर्ने गरी कानुनी व्यवस्था बनाउने पनि घोषणा पत्रमा उल्लेख छ ।
जनतालाई दुःख दिने गरी हुने गरेका नेपाल बन्द तथा चक्का जाम जस्ता कुरा नगर्ने प्रतिवद्धता जनाउदै घोषणा पत्रमा सत्ता केन्द्रीत भन्दा आफ्ना मुद्धाहरुलाई प्राथमिकताका साथ अगाडी बढाउने पनि राप्रपाले जनाएको बताएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*