१९ मंसिर २०८१, बुधबार  |  4 December 2024,Wednesday
Ad

वरीयतामा दोस्रो हुने गरी उपाध्यक्ष पद लिई राप्रपामा गए मिश्र


विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् ।

काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा रवीन्द्र मिश्रको समुह राप्रपामा प्रवेश गरेका हो ।
यहि सोमबार विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजिनामा दिएका मिश्रले राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्षको पद पाएपछि राप्रपामा प्रवेश गरेका हुन् ।
काठमाडौं १ बाट चुनावी मैदनमा उत्रिने तयारी गरेका मिश्रको समहुले केहि समय यता राप्रपामा एकता गरी जाने छलफल अडागी बढाईएको थियो ।
८ जना सम्म उपाध्यक्ष रहने विधानमा व्यवस्था भए बमोजिम बरियतामा दोस्रो हुने गरी उपाध्यक्ष पद दिई मिश्रलाई राप्रपामा स्वागत गरीएको राप्रपाका एक नेताले बताए । मिश्र सहित अहिले राप्रपामा ६ जना उपाध्यक्ष भएका छन् ।
संघीयता र धर्मनिरपेक्षतामाथि जनमतसंग्रहको माग गर्दै आएका मिश्र पछिल्लो समय राजतन्त्र पुनःस्थापनाको पक्षमा आफ्नो मत जाहेर गर्दै आएका छन् ।
गएको स्थानीय तहको निर्वाचनमा विवेकशील साझा पार्टीले अपेक्षित परिणाम ल्याउन नसके पछि जेठ ११ गते पार्टीबाट राजिनामा दिएका थिए ।
विवेकशील साझा पार्टीको तर्फबाट २०७४ सालको चुनावमा काठकाडौं १ बाट प्रतिशपर्धा गरेका मिश्र नेपाली काँग्रेसका प्रकाशमान सिंह संग पराजित भएका थिए ।
पत्रकारीता पेशा त्यागगरी राजनीतिमा प्रबेश गरेका उनि लामो समय बिबिसी नेपाली सेवाको सम्पादक भएर काम गरिसकेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*