२० मंसिर २०८१, बिहीबार  |  5 December 2024,Thursday
Ad

काठमाडौं ४ बाट किन भएन गगनको नाम सर्वसम्मत सिफारिस ?


नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र काठमाडौं ४ बाट उनको नाम सर्वसम्मत सिफारिसमा परेन् । यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि थापासँगै विनोदबाबु प्रधानको नाम पनि सिफारिस भएको छ । प्रधान क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि हुन् । प्रधान गत १४ औं महाधिवेशनमा गगन थापाको समुहबाट महाधिवेशन प्रतिनिधि भएका हुन् । त्यसैगरी यस क्षेत्रबाट समानुपातिक तर्फ अनार बस्नेत, कर्म छिरिङ शेर्पा, याङकिला शेर्पा, रोहित पौडेल, राजु श्रेष्ठ र डा. आरती कार्की सिफारिस भएका छन् ।

प्रदेशसभातर्फ भने प्रत्यक्षमा क्षेत्र क मा श्रीराम लामिछाने, प्रशन्नमान श्रेष्ठ, राधा घले, श्याम कुमार संगत, नरोत्तम बैद्य र सरिन घिमिरे सिफारिस भएका छन् भने क्षेत्र ख मा न्हुच्छेनारायण श्रेष्ठ, अच्युतप्रसाद पौडेल, शंकर आचार्य र मनोज सिग्देल सिफारिस भएका छन् ।

त्यस्तै क्षेत्र क को समानुपातिकमा अनुप प्रधान, रमेश महर्जन, किरण श्रेष्ठ, असिम राणा, नर्वदा पोखरेल, दीपेन्द्र केशरी पण्डित, सारिका राई, गणेश सुनुवार, श्यामकुमार मल्ल, शुशीला नाइटा, प्रकाश गुरुङ, दिनेशकुमार माली, इन्दिरा भण्डारी, ध्रुवप्रसाद पौडेल, र सुदिपराज शर्मा सिफारिस भएका छन् ।

क्षेत्र ख बाट समानुपातिकमा इन्द्रबहादुर थापा, साधुराम खड्का, आत्माराम पौडेल, भोला लामिछाने, रामकृष्ण केसी, शशीप्रसाद शर्मा, ध्रुव खड्का, वृहस्पति चालिसे, होमनाथ तिमिल्सिना, डिल्लीप्रसाद डोटेल, सन्तोष भण्डारी, मीना पराजुली, रीता बुढाथोकी, मनदेवी श्रेष्ठ, ललितादेवी गुरुङ, जाङ्बु शेर्पा, श्यामकृष्ण श्रेष्ठ, सानुकान्छा श्रेष्ठ, दिव्यमणि राजभण्डारी, रामलाल श्रेष्ठ, दिपक गुरुङ सिफारिस भएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*