नागरिकता सम्बन्धी अध्यादेशविरुद्ध परेका रिटमाथि सुनुवाइ शुरू भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले गठन गरेको संवैधानिक इजलासमा शुक्रबार आफूसहित प्रधानन्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलास गठन गरेरे सुनुवाइ शुरू गरेको बताइएको छ ।
अध्यादेश कार्यान्वयन नगर्न माग गर्दै वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, अधिवक्ता विष्णु कुमारी गिरी, रामबहादुर शाहीलगायतल रिट दायर गरेका थिए ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ९ गते नागरिकता सम्बन्धी अध्यादेश जारी गरे लगतै सर्वोच्चमा रिट परेको थियो ।
न्यूज समय
२१ जेष्ठ, २०७८, शुक्रबार ००:००