नेपाली कांग्रेसको महाधिवेशन भदौ ७ देखि १० गतेसम्म हुने भएको छ। भदौ महिनाको ७, ८,९ र १० गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय भएको कांग्रेस केन्द्रीय सदस्य गुरु घिमिरेले बताए।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडैलबीच महाधिवेशनको मितिमा सहमति भएपछि सो प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकले पारित गर्ने छ ।
दुबै नेताहरु आन्तरिक छलफलमा व्यस्त भएपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक निर्धारित समयभन्दा तीन घण्टा ढिलो सुरु भएको छ।
न्यूज समय
५ फाल्गुन, २०७७, बुधबार ००:००