बागमती प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित

न्यूज समय


आज बस्ने तय भएको बागमती प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । प्रदेशसभा बैठक आज २ बजेका लागि बोलाइएको थियो ।

मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध टेबुल भएको अविश्वासको प्रस्तावमाथि आजबाट दलगत छलफल शुरू हुने तयारी थियो । तर अन्तिम समयमा आएर बैठक स्थगित गरिएको छ ।

प्रदेशसभाका सचिव कृष्णहरि खड्काद्वारा जारी सूचनामा अनिश्चितकालका लागि प्रदेशसभा बैठक स्थगित भएको उल्लेख छ । यसअघि पनि माघ १९ गते २ बजेका लागि बोलाइएको बैठक विशेष कारण भन्दै सूचना निकालेर स्थगित गरिएको थियोे ।