पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १४ जना पिसिआर परीक्षण गर्दा मुलुकभर १ हजार ४४ जनामा कोरोना पुष्टि भएको छ। १८ लाख २० हजार ६ सय १८ जनाको पिसीआर परीक्षण गरिएको छ।
त्यस्तै, सक्रिय संक्रमित १२ हजार १ सय ४८ छन्। १२ सय ७१ संक्रमणमुक्त भएका पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म २ लाख ३२ हजार ८ सय ७२ जना संक्रमणमुक्त भएका छन्।
कुल संक्रमित २ लाख ४६ हजार ६ सय ९४ जना छन्। बितेको २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेहरूको कुल संख्या १६ सय ७४ पुगेको पनि मन्त्रालयले जनाएको छ।
न्यूज समय
२६ मंसिर, २०७७, शुक्रबार ००:००