१९ बैशाख २०८१, बुधबार  |  1 May 2024,Wednesday
Ad

राष्ट्रियसभाले ४ वटा विधेयकलाई दफावार छलफल गर्न विधायन समितिमा पठायो


२५,माघ काठमाडौं । शुक्रबार बसेको राष्ट्रियसभाले ४ वटा विधेयकलाई दफावार छलफल गर्न विधायन समितिमा पठायको छ ।
बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त निवृत्तिभरणकोष विधेयक, नागरिक लगानी कोष दोश्रो संशोधन विधेयक, विज्ञापन नियमन गर्ने विधेयक २०७५ र जेष्ठ नागरिक सम्बन्धी पहिलो संसोधन विधेयक २०७५ लाई दफावार छलफलका लागि विधायन समितिमा पठाएको हो ।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बैठकमा तीन वटै विधेयकलाई दफावार छलफल गर्नकालागि विधायन व्यवस्थापन समितिमा पठाईयोस भनी गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको तर्फबाट अर्थमन्त्री डाक्टर खतिवडाले विज्ञापन नियमन गर्ने विधेयक २०७५ लाई दफावार छलफलगर्नका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस भनी प्रस्ताव गरेका थिए ।
बैठकमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थम माया थापाको तर्फबाट गृहमन्त्री राम बहादुर थापाले जेष्ठ नागरिक सम्बन्धी पहिलो संसोधन विधेयक २०७५ लाई पनि दफावार छलफलका लागि विधायन समितिमा पठाईयोस भनी प्रस्ताव गरेका थिए ।

बैठकको सुरुमा सचिव राजेन्द्र फुँयालले राष्ट्रियसभाबाट पारित भई संदेश सहित प्रतिनिधिसभामा पठाइएको बेपत्ता पारिएका व्यक्तिको छानविन सत्य निरुपण तथा मेलमिलाप आयोग दोश्रो संशोधन विधेयक २०७५ प्रतिनिधिसभाको २३ गतेको बैठकबाट संशोधन बिना पारित भएको सन्देश प्राप्त भएको जानकारी गराएका थिए ।
नेपाली कांग्रेसकी राष्ट्रियसभा सदस्य विन्दा आलेले शान्तिपूर्ण प्रर्दशनका क्रममा विद्यार्थी नेताहरुलाई नियन्त्रणमा लिई यातना दिने काम भएको भन्दै प्रहरी नियन्त्रणमा रहेका परशुराम बस्नेत, विनय पौडेल र डिफान भुजेललाई तत्काल विना सर्त रिहाई गर्न माग गरिन ।
राष्ट्रियसभाको अर्को बैठक यहि आउँदो माघ २९ गते मंगलबार बिहान ११ बजे बोलाइएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*