महानिरिक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमाथिको सुनुवाइ स्थगित

न्यूज समय

सर्वोच्च अदालतले आज हुने भनिएको प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमाथिको सुनुवाइ स्थगित गरेको छ ।

मुद्दामा विपक्षी बनाइएका नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीलाई म्याद बुझाउन बाँकी रहेकाले मुद्दाको सुनुवाइ स्थगित भएको स्रोतले बतायो ।

यसअघि सर्वोच्च अदालतले नै हालका प्रहरी महानिरीक्षक डा. केसीलाई म्याद बुझाउन गए पनि उनको नाम प्रहरी अतिरिक्त महानिरीक्षक भएको भन्दै प्रहरी प्रधान कार्यालयले म्याद बुझ्न अस्वीकार गरेको थियो ।

त्यसपछि दानबहादुर कार्कीले नै सर्वोच्च अदालतमा अर्को निवेदन दिएकै आधारमा केसी प्रहरी महानिरीक्षक रहेको भन्दै निवेदन र आदेश सच्याइएको थियो ।

यो सुनुवाई स्थागित संगै सर्वोच्चले अर्को सुनुवाइको मिति भने अझै तोकिसकेको छैन ।