कांग्रेसको १५औं महाधिवेशनको मतदान भोलि शुक्रबार बिहान ७ बजे देखि, प्रतिनिधी घर फर्कन थाले

न्यूज समय

नेपाली कांग्रेसको जारी १५औं महाधिवेशन अन्तर्गतको मतदान भोलि शुक्रबार बिहान ७ बजे देखि हुने भएको छ ।

निर्वाचन समितिले निर्वाचन सामग्री प्रेसबाट आउन ढिलाइ भएको कारण देखाउँदै मतदान भोलि बिहान ७ बजे देखि हुने निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बताए ।

आज बिहान १० बजे देखि मतदान हुने भनिए पनि तिन पटक सार्दै दिउँसो साढे २ बजे देखि मतदान हुने कार्यतालिका निर्वाचन समितिले निर्धारण गरेको थियो । तर मतमत्र छपाई र ल्याउन ढिला भएको भन्दै समितिले पटक पटक निर्वाचन तालिका परिमार्जित गरेको छ ।

दशैं नजिकिरहेको बेला घर फर्कन हतार भएको भन्दै महाधिवेशन प्रतिनिधी पटक पटक मतदानको समय सार्नुलाई राम्रो नभएको प्रतिकृया दिएका छन् ।

समयमा मतदान नभएको, मौषमका कारण तथा घर फर्कन लामो समय लाग्ने भएकाले पनि विकट जिल्लाबाट आएका कतिपय प्रतिनिधी फर्कि सकेको बताईएको छ ।

यही १८ गते देखि काठमाडौंको खुला मञ्चमा उद्घाटन भएको महाधिवेशन भोलि शुक्रबार मतदानको दिन सम्म ५ दिन हुन्छ ।