नेप्से परिसूचकमा आज दोहोरा अङ्कको गिरावट

न्यूज समय

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट आएको छ ।

आईतबार नेप्से परिसूचक १९ दशमलव ९२ अङ्कले घटेर दुई हजार ५९५ दशमलव १० को बिन्दुमा कायम भएको देखिएको हो ।
साताको पहिलो दिन आईतबार आज ३४५ कम्पनीको एक करोड १२ लाख ९९ हजार ३३४ कित्ता शेयर ७० हजार ५७६ पटक खरिद बिक्री हुँदा रु चार अर्ब ५२ करोड ८७ लाख १५ हजार ६७१ बराबरको कारोबार भएको छ ।

नेप्सेले जनाए अनुसार आजको कारोबारमा म्युचुअल फण्डबाहेक अरु सबै समूहको उपसूचक ओलालो लागेको छ ।
एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागे पनि सिन्धु विकाश बैंक लिमिटेडको शेयर मूल्यमा भन नकारात्मक सर्किट लागेको पनि नेप्सेले जनाएको छ ।