वाणिज्य बैंकहरुले पुष महिनाकालागि औषत व्याजदर घटाए

न्यूज समय

वाणिज्य बैंकहरुले पुष महिनाकालागि औषतमा व्याजदर घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । मंसिर महिनामा औषतमा ५.०४ प्रतिशत विन्दुमा रहेको ब्याजदरलाई घटाएर पुष महिनाकालागि औषतमा ४.८३ प्रतिशत विन्दुमा नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।
व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा घटाउने बैंकहरुमा ग्लोबल आइएमई, लक्ष्मी सनराइज, एभरेष्ट, नेपाल, बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्राइम, प्रभु, कृषि विकास, नबिल, सानिमा, कुमारी, स्ट्याण्डर्ड चार्टर्ड र नेपाल एसबिआई बैंक रहेका छन् ।
अन्य सिटिजन्स, माछापुच्छ्रे, एनआईसी, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि र हिमालयन बैंकले भने पुष महिनाकालागि औषत ब्याजदर स्थीर राखेका छन् ।
औषत व्याजदर घटाईएका बैंक मध्य व्यक्तिगत, मुद्दती निक्षेपमा सवै भन्दा धेरै ५.५ प्रतिशत व्याजदर दिने बैंकहरुमा ग्लोबल आइएमई बैंक र हिमालयन बैंक बनेका छन् । भने प्राइम कमर्सियल बैंकले सवै भन्दा कम ४.२५ प्रतिशत मात्र ब्याज दिने घोषणा गरेको छ ।