निर्देशक दीपेन्द्र प्रकाश के.सी.ले कलाकारितामा रुचि देखाउने स्वस्तिका गिरीलाई “करिमै” बोलको गीतको म्यूजिक भिडियोबाट अभिनय क्षेत्रमा डेव्यु गराएका छन् ।
तीजको पूर्व सन्ध्यामा काठमाडौंको बानेश्वर स्थीत अईल्पेक्स मलबाट बुधबार सार्वजनिक भएको गीत ‘करिमै’ को म्यूजिक भिडियो पूर्व मन्त्री एवं नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले एक कार्यक्रमका वीच सार्वजनिक गरे ।
गीत शान्त कुमार के.सी.को शव्द, माधव वि.एम.को संगीत रहेको छ भने स्वर टिका पुनले दिएकी छिन् ।
भिडियोको उद्घाटन गर्दै महामन्त्री थापाले गीत र भिडियोले सवैको मन जित्ने गरी जीवन्त अभिनय सहित तयार गरिएको भन्दै निर्माण टिमको प्रशंसा गरे ।
छोरी चेलीको वेदनालाई बोकेको यो गितको शव्द ओजनदार रहेको बताउँदै उनले मोडल स्वस्तिकाको अभिनयले पनि भिडियोलाई उत्तिकै न्याय दिएकाले सवैटिमलाई सफलताको शुभकामना व्यक्त गरे ।
छोरीचेलीले माइती घरमा बिताएका भावनात्मक क्षणहरू र विवाहपछिको मार्मिक अनुभूतिलाई समेटेर तयार गरिएको गीतको भिडियो सवैले मन पराईदिने पनि निर्देशक के.सी.ले विश्वास व्यक्त गरे ।
म्युजिक भिडियो क्षेत्रमा छायाङ्कन र सम्पादनमा बिशेष दख्खल राख्ने ओम प्रसाईंले यो गीतको भिडियोमा आफ्नो वास्तविक क्षमता प्रदर्शन गरेका छन् ।
सञ्जिला सुमित्राको सहनिर्देशनमा तयार भएको भिडियोमा कलाकारहरु देवी भण्डारी, जुली कोइराला, पदमराज अवस्थी, राजेन्द्र थापा, कुलबहादुर ओली, चेतना प्रसाईं र गिताञ्जली योगीले अभिनय गरेका छन् ।
त्यस अवसरका अभिनय गर्ने कलाकार तथा पत्रकारहरुलाई सम्मान गरिएको थियो ।
भिडियो हेर्नुहोस् ।
न्यूज समय
३० श्रावण, २०८२, शुक्रबार ००:००