हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा नयाँ गीत ‘धनले के गर्यो’ हालै सावैजनिक भएको छ । प्रोफाईल ईन्टरटेन्मेन्ट युटुब च्यानलबाट सार्वजनिक भएको गीतमा चर्चित गायिका टिका पुनको स्वर, सन्त कुमार केसी र रोमश भण्डारीको संयुक्त शव्द तथा संगीत रोमश भण्डारी कै रहेको छ । ।
नेपाली पारिवारीक जीवनलाई समेटेर तयार पारिएको गीत अत्यन्त मार्मिक र हृदय स्पर्शी बनेको निर्माण पक्षले बतायो । समाजमा देखिने वास्तविक घटना र चेलीले विवाहपछि भोग्नुपर्ने पीडालाई सरल तर निकै मार्मिक शब्दमा उतारेर गीत निर्माण गरिएको छ ।
नारायणी खत्री, विष्णुप्रसाद भण्डारी, रश्मी भट्ट, देवी भण्डारी लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेका भिडियो निकै उत्कृठ रहेको निर्माण पक्षको दावि छ ।
दिनेश पराजुलीले छायांकन गरेको भिडियोको मनोज कार्कीले सम्पादन तथा कलर गरको हुन् भने, चर्चित निर्देशक तथा कोरियोग्राफर मौसम हिमाली र दीपेन्द्र प्रकाश केसीले संयुक्त रूपमा निर्देशन गरेका छन् ।
पहिलो पटक यस म्यूजिक भिडियो मार्फत अभिनय क्षेत्रमा डेव्यु गरेका विष्णुप्रसाद भण्डारीले एउटा धनी घरको युवाले विवाह पछि श्रीमतीलाई गर्ने माया र सम्वन्धमा दिएको पिडालाई कथा बस्तु बनाई उत्कृष्ठ अभिनय गरेका छन् ।
पारिवारिक जीवनमा मानिसलाई धनले मात्र केही गर्न नसक्ने सन्देश बोकेको यो गीत सहितको भिडियो तीज तथा अन्य समयमा पनि हेरेर मनोरञ्जन सहित शिक्षा लिने खालको बनेको प्रतिकृया आएका छन् ।


न्यूज समय
१५ भाद्र, २०८३, सोमबार ००:००