गीतकार बसन्त योगीको नयाँ आधुनिक गीत “सपनीमा नआउ तिमी” बिहिबार बेलुका सार्वजनिक भएको ।
गीतकार योगीको आफ्नै युटुब च्यालन SRI Creation बाट सार्वजनिक भएको गीतमा स्वर र संगीत गायक प्रकाश रेग्मीको रहेको छ, भने शव्द स्वमं योगीको नै रहेको छ ।
Lyrical भिडियो बनाएर सार्वजनिक गरिएको गीतले बिपनीमा नआउने मायालाई सपनिमा पनि नआउन भनिएको भावलाई समेटि रचना गरिएको छ ।
सञ्जय सेर्पाईलिले एरेन्ज गरेको गीतको भिडियोको डिजाईन तथा इडिटिङ सम्पादन आर्यन पोख्रेलले गरेका छन् ।
गीतकार योगीले यस अघि “रेटेर जिन्दगी”, “लहलहैमा माया”, “आँखा मेरा रसाई दिन्छन्”, तीज गीत “कल्ले खायो दर”, “सिंगापुरे सारीमा” जस्ता चर्चित गीत नेपाली साँगितिक बजारमा ल्याई सकेका छन् ।
माया प्रेम र जीवनलार्ई समेटेर तयार पारिएको सेन्टिमेन्टल गीत भएकोले पनि स्रोताले मन पराईदिने गीतकार योगीको बिश्वास छ ।
अनलाईन समाचार पोर्टल न्यूजसमय डटकमका सम्पादक समेत रहेका योगी बिगत २३ बर्ष देखि पत्रकारीता क्षेत्रमा आवद्ध छन् ।


न्यूज समय
५ असार, २०८३, शुक्रबार ००:००