नेपाल औषधि आयातकर्ता संघको अध्यक्षमा पवन आचार्य सर्वसम्मत

न्यूज समय


नेपाल औषधि आयातकर्ता संघ (मियान) को अध्यक्षमा पवन आचार्य निर्वाचित भएका छन्। संघको आठौं वार्षिक साधारण सभा तथा अधिवेशनबाट आचार्यको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो। आचार्य यसअघि संघको महासचिव थिए। यस्तै अधिवेशनबाट संघको दुई जना उपाध्यक्षमा पृथ्वीराज वैद्य र सुमन कयाल निर्वाचित भएका छन्।

महासचिवमा मधु पौडेल, सचिव पदमा सुरेश अग्रवाल र कोषाध्यक्षमा सन्दीप खनाल निर्वाचित भएका छन्। कार्यसमिति सदस्यहरूमा मुकुन्द राजभण्डारी, सुशीलकुमार श्रेष्ठ, महेन्द्र श्रेष्ठ, ख्वाजा तारिक राना, निरजकुमार झा, शितोष शाह निर्वाचित भएका छन्।

यसैगरी डा. आनन्दा राजभण्डारी, सुरज टिवटिवाल, राज किशोर, आनन्द चौधरी, चन्द्रशेखर रूङ्टा र डा अब्बुल हुसेन अन्सारी निर्वाचित भएका छन्। थप एक जना सदस्य भने अध्यक्षले मनोनित गर्ने व्यवस्था विधानमा छ । नयाँ कार्यसमितिको पदावधी तीन वर्षको हुनेछ।