चन्द्रा न्यौपाने
राष्ट्रिय सुसेली फाउन्डेसन, नेपालले छैसठ्ठीऔं बार्षिकोत्सवको समीक्षात्मक कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ ।
सुसेली उपविधाका प्रवर्तक एवम् संस्थाका संस्थापक केन्द्रीय अध्यक्ष एवंम् वरिष्ठ साहित्यकार दुर्गाप्रसाद अधिकारीको सभापतित्वमा शनिवार सम्पन्न कार्यक्रममा बार्षिकोत्सवमा भए गरेका साहित्यीक कामको बारेमा समिक्षा गरिएको थियो ।
अनलाईनबाट सम्पन्न कार्यक्रममा कवि डा. यज्ञश्वर निरौला, संस्थाका संरक्षक एवम् संस्थापक केन्द्रीय सल्लाहकारहरू चन्द्रा न्यौपाने, गङ्गा लिगल लगाएतका साहित्यकारको उपश्थिती थियो ।
संस्थाकी संस्थापक केन्द्रीय उपाध्यक्ष सुशीला ढकाल अधिकारीले स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रममा कल्पना अधिकारी भट्टराई, पवनकुमार बुढाथोकी, चन्द्रावती अधिकारी, घनश्याम पौडेल, विमला ढकाल समीक्षा, विमल अर्याल, उत्तम शर्मा, उत्तमविचार भेटुवाललगायत १५ जना साहित्यकारहरुले समसामयिक विषयमा रहेर सुसेलीहरू गायका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि चन्द्रा न्यौपानेले कार्यक्रममा वाचन भएका सुसेलीहरूको समीक्षात्मक टिप्पणी गरेकी थिईन् ।
त्यस अवसरमा सभापति भमरकोटेले कार्यक्रममा उपस्थित र सहयोगी सबै साहित्यकारहरूलाई धन्यवाद दिएका थिए ।
न्यूज समय
२६ बैशाख, २०८२, शुक्रबार ००:००