नेपाल प्रहरीका पूर्वआइजीपी प्रदीपसमशेर राणाको ७८ वर्षको उमेरमा निधन भएको छ । राणा विभिन्न रोगले केही समयदेखि उपचाररत थिए । राणाले २०५७ असोजदेखि २०५९ पुससम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए । उनकै कार्यकालमा सशस्त्र प्रहरी बलको स्थापना हुँदा सङ्गठनका थुप्रै कर्मचारी उक्त सङ्गठनमा समायोजित भएका थिए ।
सशस्त्र द्वन्द्वकालमा प्रहरी परिचालन र व्यवस्थापनको चुनौतीलाई उनले सहजताका साथमा निर्वाह गरेका थिए ।
माओवादी द्धन्दका समयमा नेपाल प्रहरीको नेतृत्व सम्हालेका राणाले प्रहरी निरिक्षक इन्स्पेक्टर भर्ना भएका आफ्नै छोरा दीपशम्सेरलाई उनले अत्यधिक द्वन्द्व प्रभावित जिल्ला रोल्पामा खटाएको चर्चा सो बेलामा थियो । उनको आज बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।
न्यूज समय
३१ चैत्र, २०८१, आईतबार ००:००