लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज नेपलागञ्ज रङ्गशालामा हुँदैछ । अपराह्न ४ः०० बजे सुरु हुने फाइनलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ९एपीएफ०बीच भीडन्त हुनेछ । दुवै विभागीय टोलीबीचको खेल रोमाञ्चक हुने ठानिएको छ ।
नेपाल प्रहरीका प्रशिक्षक सुमन सुवेदीले एपीएफमा राष्ट्रिय टिमका खेलाडीको बाहुल्य रहे पनि उपाधि जित्नेगरी खेलको रणनीति बनाएको बताए ।
एपीएफकी प्रशिक्षक भगवती थापाका अनुसार नेपाल प्रहरीको टोलीसँगको खेल चुनौतीपूर्ण भए पनि कमजोरीलाई सुधारेर आफ्ना खेलाडी मैदानमा उतार्ने तयारी छ । प्रतियोगिताको विजेतालाई रु पाँच लाख पाँच हजार ५५५ र उपविजेतालाई रु दुई लाख ५० हजार नगद पुरस्का प्रदान गरिने छ ।
न्यूज समय
१२ बैशाख, २०८२, शुक्रबार ००:००