काँग्रेसको १५ औं महाधिवेशनले वडा तह देखी नै हरेक वर्ग, तह र पुस्ताको सहभागीता सुनिश्चित गर्छ : युवा नेता आर्चाय

न्यूज समय

नेपाली काँग्रेसका युवा नेता एवं नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री मनोजमणी आचार्यले १५ औं महाधिवेशनले समाजको आवाज पार्टी भित्र गुञ्जायमान बनाउन वडा तह देखी नै हरेक वर्ग, तह र पुस्ताको सहभागीता सुनिश्चित गरेको धारणा राखेका छन् ।

सामाजिक सञ्जालमा एक स्ट्याटस् लेख्दै नेता आचार्यले नेपाली काँग्रेसको १५ औं महाधिवेशनकालागि यही असोज ३ गते देखि सुरु भएको वडा अधिवेशनले विज्ञता, श्रमिक, द्वन्द्व पीडित देखि सहिद परिवार सम्मको सहभागिता सुनिश्चित भएको लेखेका छन् ।

नेता आचार्यले नेपाली काँग्रेसको १५ औं महाधिवेशनले नवयुवा देखि अनुभवी प्रजातन्त्र सेनानी सम्म, अपाङ्गता, अल्पसंख्यक देखि पेशाकर्मी सम्मको सहभागिता पनि सुनिश्चित गरेको उल्लेख गरेका छन् ।

विशेष महाधिवेशन पक्षधरले गर्न थालेको १५ औं महाधिवेशनका कारण देउवा पक्षका ठुलो शक्ति बाहिर छुटेको आरोप लागि रहेको बेला आचार्यले काँग्रेसको यो महाधिवेशनले संविधानमा ब्यवस्था गरे अनुसार समानुपातिक समाबेशी प्रतिनिधित्व अंगिकार गरेको विचार व्यक्त गरेका हुन् ।

यही असोज १६ गते देखि काठमाडौंमा हुने काँग्रेसको महाधिवेशमा देउवा पक्ष खेमामा रहेर बिशेष महाधिवेशनलाई अमान्ने भन्दै अदालत सम्म पुगेका पूर्णवहादुर खड्का पक्ष सहितका मिन विश्वकर्मा लगाएतका दर्जनौ नेता अहिले संस्थापन पक्षमा समाहित भइ महाधिवेशनमा सहभागि भएका छन् ।

उता देउवा पक्षले पनि मंसिरमा महाधिवेशन गर्ने घोषणा सहित जिल्ला संयोजक तोकि सकेको छ । वरिष्ठ नेता शेखर कोईरालाको भने दुवै पक्षमा सहभागित नजनाउने र मध्यमार्गी बाटो अपनाएर काँग्रेसलाई एक बनाएर महाधिवेशनमा होमिनु पर्ने धारणा आईरहेको छ ।

असोज १६ गते देखि हुने महाधिवेशन रोकेर मध्यमार्गी विकल्प खोज्नु पर्ने धारण आइरहेका वेला काँग्रेसको वडा अधिवेशन सम्पन्न गरी महाधिवेशनमा होमिनु काग्रेस औपचारिक रुपमा फुटको संघारमै पुगेको देखिएको छ ।

मुलुककै पुरानो पार्टी र व्यवस्था परिवर्तमा निकै योगदान गरेकोे नेपाली काँग्रेस रुपान्तरणको नाममा नयाँ र पुराना शक्ति बीच टकार रही फुटेर जाँदा स्वंम काँग्रेसलाई नै घाटा हुने र विपिको मर्म र सिद्धान्तमा ठुलो कुठाराघात हुने कतिपयको विश्लेषण छ ।