काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको प्रधानमन्त्री, अब बन्ने प्रधानमन्त्री वा यसअघिका प्रधानमन्त्रीहरू भन्दा युवा पुस्ताबाट बन्ने प्रधानमन्त्रीले बढी राम्रो काम गरेर देखाउने बताएका छन् । मिनकुमारी राणा प्रतिष्ठानद्धारा आयोजित सम्मान कार्यक्रममा बोल्दै महामन्त्री थापाले अहिलेका प्रधानमन्त्रीभन्दा आफूले राम्रो काम गरेर देखाउने बताए ।
उनले भने–‘म अहिलेको प्रधानमन्त्री वा हुनेवाला प्रधानमन्त्री वा अस्ति भर्खर हुनुभएको प्रधानमन्त्री भन्दा हामी राम्रो प्रधानमन्त्री चलाउन सक्छौँ भन्नकुरा म अहिले पनि विश्वास गर्दछु । आजको प्रधानमन्त्रीको ठाउँमा आजै बेलुका गएर हामीमध्ये कसैलाई प्रधानमन्त्री बनाउने हो भने अहिले चलाएको भन्दा राम्रो चलाउँछौँ । यति कुरा दावाका साथ भन्नसक्छु ।’
अहिलेको भन्दा राम्रोसँग देश चलाउँछु भन्ने विश्वासकै कारण कांग्रेसको संसदीय दलको नेताका लागि उमेदवार बनेको उनको भनाइ थियो । साथै, उनले नेपाली नागरिकको समुन्नति अबको आवश्यकता भएको बताए ।
न्यूज समय
१३ माघ, २०८१, आईतबार ००:००