काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिकाको सिमानामा पर्ने महाभारत जंगल तीन दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन् ।
खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर थिङका अनुसार अहिलेसम्म करिब १ किलोमिटर जंगल जलेर नष्ट भइसकेको छ र आगोले अन्य वन क्षेत्रमा समेत डढेलो फैलने संभवना भएकोले काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र नारायणस्थानमा जान रोक लगाइएको छ ।
डढेलोका बेथानचोकको पर्यटकीय क्षेत्र नारायणस्थान मन्दिरलगायत वडा नं १, २, ३ र ५ का केही क्षेत्रसमेत जोखिममा रहेको गाउँपालिकाले जनाएको छ । यसैबीच जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले सरोकारवालासँग छलफल गरी सम्पूर्ण निकायको जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ ।
आगलागी नियन्त्रण नभएसम्म सो क्षेत्रमा नजान गाउँपालिकाले सूचना जारी गरेको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । उनका अनुसार स्थानीय सरकार, प्रहरी, नेपाली सेनालगायत सबै आगो नियन्त्रण गर्न लागिरहेका छन् । ।
न्यूज समय
११ माघ, २०८१, शुक्रबार ००:००