१० कार्तिक २०८१, शनिबार  |  26 October 2024,Saturday
Ad

संभावित बर्षा हुने स्थानमा सुरक्षा निकाएलाई सकारद्वारा हाईअर्लट रहन निर्देशन

मौषम पूर्वानुमा संगै सरकारले संभावित बर्षा हुने स्थानमा हाई अर्लट हुन निर्देशन दिएको छ ।
सरकारले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरे संगै हन सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, प्रदेशका सबै सुरक्षा संयन्त्र, र स्थानीय तहहरूलाई हाई अलर्ट हुन निर्देशन दिएको हो ।
गृहमन्त्री रमेश लेखकले सम्भावित जोखिमबाट बच्न र बचाउन सम्बन्धीत निकाए संगै आम नागरिकलाई सावधानी अपनाउन समेत आग्रह गरेका छन् ।
गृहमन्त्री लेखककले वर्षाको पूर्वानुमान गरिएअनुसार मैले कोशी र बागमती प्रदेशका प्रमुख जिल्ला अधिकारी, प्रदेश र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई अलर्ट रहन निर्देशन दिएका बताए ।
साथै मन्त्री लेखकले यसअघिको बाढी र पहिरोले मुलुकका धेरै राजमार्गहरू अवरुद्ध रहनुका साथै पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाएर यात्रा गर्न पनि सर्वसाधारणलाई आग्रह गरेका छन् ।
यसअघि परेको अविरल बर्षा संगै आएको बाढी पहिरोमा परि झडै अढाईसय मानिस र अर्वौंको क्षति भएको गृहन्त्रालयले जनाएका छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*