७ आश्विन २०८१, सोमबार  |  23 September 2024,Monday
Ad

विकास निर्माणमा ढिलासुस्ती नगर्नुस् : कार्यवाहक प्रधानमन्त्री सिंह

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले विकास र निर्माणका काममा ढिलासुस्ती नगर्न मातहतका कार्यालय प्रमुखहरुलाई दिर्नेशन दिएक छन् ।
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री समेत रहेका सिंहले मन्त्रालय मातहतका कार्यालय प्रमुख र आयोजना प्रमुखहरूलाई सोमबार मन्त्रालयमै बोलाएर कुनै पनि विकास तथा योजनाका कामलाई ढिलासुस्ती नगर्न निर्देशन दिएका हुन् ।
जनताले प्रत्यक्ष अनुभुति गर्ने गरी परिणाम निकाल्न निर्देशन दिदै मन्त्री सिंहले प्रधानमन्त्री ज्यू सँग भएको कार्यसम्पादन सम्झौतालाई आधार मानेर क्यालेन्डर बनाएर काम समेत निर्देशन दिए ।

त्यस अवसरमा मन्त्रालय अन्तरर्गतका विभिन्न कार्यालय प्रमुखहरूले भइरहेका कामको प्रगति विवरण र काममा भोग्नुपरेका चुनौती एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कारण भइरहेको जटिलताबारे मन्त्री सिंहलाई जानकारी गराएका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*