१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

पारालिम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा

काठमाडौं । पेरिस पारालिम्पिक अन्तर्गत पारा तेक्वान्दोमा कास्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोलीलाई भव्य स्वागत गरिएको छ।तेक्वान्दो टोलीलाई स्वागत गर्न युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसहित राष्ट्रिय खेलकुद परिषदको टोली बाजागाजासहित त्रिभुवन विमानस्थलमा पुगेको थियो।

त्यसपछि पलेशासहित नेपाली टीमलाई नगर परिक्रमा गराइएको थियो। राखेपमा उनलाई स्वागत गरियो। पलेशालाई भोलि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलले भेटेर बधाई दिने कार्यक्रम छ। पलेशाले प्राप्त गर्ने पुरस्कार एक साता भित्र प्रदान गर्ने बताइएको छ ।

पलेशाले नेपाली खेलकुदको इतिहासमा नै पहिलो पारालिम्पिक्स मेडल जितेकी हुन। उनले तेक्वान्दोको के ४४ अन्तर्गत ५७ केजीमुति तौल समूहमा पदक जितेकी हुन्।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*