पूर्व पर्यटन मन्त्री सहित ३२ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता

न्यूज समय

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व पर्यटन मन्त्री सहित ३२ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
वाइडबडी विमान खरिद प्रकरणमा भ्रटाचार भएको भन्दै पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकरप्रसाद अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाइ आरोप पत्र दर्ता भएको विशेष अदालत स्रोतले बतायो ।
ए ३३०–२०० विमान खरिदमा भ्रटाचार भएको भन्दै अख्तियारले २४ जना नेपाली र आठ जना विदेशीलाई प्रतिवादी बनाई मुद्द दर्ता गराएको हो ।
उनिहरु विरुद्ध एक अर्ब ४७ करोड दश लाख ८५ हजार ४८२ रपियाँ ८५ पैसा बिगो माग दाबीसहित आरोप पत्र दर्ता गराएको अदालत स्रोतले बताएको छ ।