नेपाली बजारमा पहेंलो धातु सुनचाँदीको मूल्यमा ठुलो गिरावट आएको छ ।
मंगलबार नेपाली बजारमा भएको कारोबारमा सुनको मूल्य प्रतितोला रु आठ हजार ८०० र चाँदीको मूल्य १८५ रुपैंयाले गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज (बुधबार) नेपाली बजारमा छापावाल सुन प्रतितोला रु दुई लाख ९७ हजार ३०० र चाँदीको मूल्य रु चार हजार ५८० मा किनवेच भईरहेको जनाएको छ ।
मङ्गलबार छापावाल सुन प्रतितोला तीन लाख छ हजार १०० रुपैंया र चाँदीको मूल्य चार हजार ७६५ रुपैंयामा कारोवार भएको थियो ।


न्यूज समय
१७ भाद्र, २०८३, बुधबार ००:००