बुढाथोकीको निधन प्रति काँग्रेसले सम्पूर्ण कार्यक्रम स्थगित गर्दै तिन दिन पार्टीको झण्डा आधा झुकाउने
नेपाली कांग्रेसले पूर्वमन्त्री तथा केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन प्रति शोक प्रस्ताव पारित गर्दै पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको आकस्मिक बैठकले बुढाथोकीको निधमा यही माघ २३ गते देखि तिन दिन केन्द्र पदेश र सवै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने, र पूर्व निधारित सवै कार्यक्रम स्थागित गर्ने निर्णय गरेको हो ।
त्यस्तै २४ गते बुधबार पार्टीको केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरु बन्दा गर्ने, १३ औं दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।
त्यस्तै १३ औं दिनमा बुढाथोकीको जिल्ला झापामा शोक सभाको गर्ने पनि कांग्रेसले निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
७९ बर्षीय बुढाथोकीको विराटनगर स्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा गए राति निधन भएको थियो ।