१९ मंसिर २०८१, बुधबार  |  4 December 2024,Wednesday
Ad

किसोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउन सुरु

सरकारले बुधबार (आज) देखि किसोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउन सुरु गरेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले काठमाडौँको थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल पुगेर खोप लगाउने कार्याक्रमको शुभारम्भ गरेका छन् ।
मन्त्री बस्नेतले खोप लगाउने कार्यक्रमको सुरु गरे सँगै कर्णालीको सुर्खेतबाट र सबै प्रदेशका सङ्घीय अस्पतालहरूबाट पनि सेवा सुरु भएको स्वास्थ्य मन्त्रालय श्रोतले बताएको छ ।
त्यस अवसरमा बोल्दै मन्त्री बस्नेतले तत्कालका लागि सीमित स्रोत र साधन भए पनि छिट्टै यो खोप सबै किशोरीहरूले पाउने गरी सरकारले आवश्यक व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन् ।
खोप १४ वर्ष उमेर पूरा भएका र १५ वर्ष ननाघेका किशोरीलाई लगाउन लागिएको पनि मन्त्रालएले जनाएको छ ।
मन्त्रालयले सोही उमेर समूहका किशोरीहरुलाई लक्षित गरेर हाल २० हजार भाइल खोप पठाएको छ । यो खोप ६ महिनाको अन्तरालमा दुई मात्रा लगाउनुपर्ने हुन्छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*