गए राति निधन भएका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।
दम बढेर बानेश्वर स्थीत फ्रन्टलाइन अस्पतालमा भर्ना भएका ८० बर्षीय खरेलको गए राति झण्डै १० बजे निधन भएको पारिवारीक स्रोतले बतायो ।
स्वर्गिय खरेलको पार्थिव सरिरलाई अन्तिम श्रद्धाञ्जलिका लागि अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको ।
उनको पार्थिव शरीरमा नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
त्यस्तै पार्टीका उपसभापति पुष्पा भुषाल, महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्री उदय राणा, कोषाध्यक्ष उमेश श्रेष्ठलगायतले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली प्रकट गरे ।


न्यूज समय
८ असार, २०८३, सोमबार ००:००