७ जेष्ठ २०८१, सोमबार  |  20 May 2024,Monday
Ad

परराष्ट्रमन्त्रीको प्रतिक्रिया : चुच्चे नक्साबारे अन्तर्राष्ट्रिय समुदायले सम्मान गरून्

नेपाल सरकारले जारी गरेको नेपालको चुच्चे नक्साबारे अहिले पनि दृढ रहेको परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन् । चीनले हालै सार्वजनिक गरेको नक्सापछि परराष्ट्रमन्त्रीले आफ्नो नक्साबारे आफूहरु कहिल्यै विचलित नभएको जानकारी गराएका हुन् ।

प्रेस युनियन जिल्ला शाखा सोलुखुम्बुले सोमबार सदरमुकाममा आयोजना पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री साउदले चीनले जारी गरेको नयाँ नक्सामा नेपालको चुच्चे नक्सा नसमेटिएको विषयमा कूटनीतिक माध्यमबाट छलफल हुने बताए ।

‘परराष्ट्र मन्त्रालयले एउटा प्रेस नोट जारी गरिसकेको छ । हामीले पनि स्पष्ट भनिसकेका छौं,’ चिनियाँ नक्साबारे उनले भने, ‘नेपालको अहिलेको चुच्चे नक्सा संसदबाट सर्वसम्मत पारित गरिएको हो । यो नक्साको सन्दर्भमा सरकार प्रतिबद्ध छ ।’

यो नक्सालाई अन्तर्राष्ट्रिय समुदाय र छिमेकी मुलुकहरुले पनि सम्मान गरून् भन्ने विश्वास सरकारले गरेको उनको भनाइ थियो । सीमा जुनसुकै ठाउँमा भए पनि विवादको बारेमा कूटनीतिक वार्ता र संवादबाट समाधान गर्ने सरकारी नीतिबारे पनि उनले स्पष्ट पारेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*